शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पार्टी एकता गम्भीर अवस्थामा पुगेको प्रधानमन्त्री केपी ओलीको भनाई

पार्टी एकता गम्भीर अवस्थामा पुगेको प्रधानमन्त्री केपी ओलीको भनाई

नागरिक पाटी

२०, आषाढ २०७७
  • 7.2K
    SHARES
  • पार्टी एकता गम्भीर अवस्थामा पुगेको प्रधानमन्त्री केपी ओलीको भनाई

    काठमाण्डौं । प्रधानमन्त्री केपी ओलीले शनिबार साँझ बालुवाटारमा बोलाएको राज्यमन्त्रीसहितको बैठक सकिएको छ । प्रधानमन्त्री ओली राष्ट्रपति निवासबाट फर्किएसँगै सवा सात बजेबाट सुरु भएको बैठकमा प्रधानमन्त्री ओलीले पार्टी एकता गम्भीर अवस्थामा पुगेको ब्रिफिङ गरेका छन् ।

    images
    images

    ‘मेराविरुद्ध षडयन्त्र भएको छ, मेराविरुद्ध र राष्ट्रपतिका विरुद्ध भएका षडयन्त्रहरुलाई मैले बाईफोर्स, बाईस्टेप नियन्त्रण गर्नुपर्ने हुन सक्छ’ प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग भने, ‘यस्तोबेलामा तपाईहरु कता भनेर मैले सोध्नुपर्ने हुनसक्छ । तपाईहरुले आफ्नो साइड रोज्नुपर्ने हुनसक्छ ।

    पार्टीमा प्रधानमन्त्री ओलीको राजीनामा माग भइरहेका बेला उनले मन्त्री र सल्लाहकारहरुसँग परामर्श गरेका हुन्। उनले शनिबार साँझ गरेको सो बैठकमा पछिल्लो परिस्थितिबारे परामर्श गरेको उनका सल्लाहकारहरुले बताएका छन्।

    ‘समसामयिक परिस्थीतिका बारेमा मन्त्रिमण्डलका सदस्यहरुलाई जानकारी गराउनका लागी प्रधानमन्त्रीज्यूले अहिले सांझ जारि बैठक बोलाउनु भएको हो,’ प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले बताएका छन्।

     

     

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २०, २०७७ शनिवार - २१:२४:५२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology