काठमाडौं । काठमाडौं उपत्यकामा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सोमबार ५४ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन्। मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो। आइतबार मात्र उपत्यकामा ३० जनामा कोरोना संक्रमण देखिएको थियो।
संक्रमित हुनेमा काठमाडौंका २४, भक्तपुरका १० जना र ललितपुरका २० जना गरी जम्मा ५४ जनामा कोरोना संक्रमण देखिएको हो। नेपालमा कोरोना संक्रमण बढेसँगै उपत्यकामा पनि संक्रमणको दर दिनप्रतिदिन बढ्दै गएको छ।कोरोना संक्रमणबाट बच्न सामाजिक दूरी कायम राख्न, अनावश्यकरुपमा घर बाहिर नजान र अनिवार्य मास्क प्रयोग गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गर्दै आएको छ।