शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा थप १८० जनालाई कोरोना संक्रमण पुष्टि

नेपालमा थप १८० जनालाई कोरोना संक्रमण पुष्टि

नागरिक पाटी

२२, आषाढ २०७७
  • 7.6K
    SHARES
  • नेपालमा थप १८० जनालाई कोरोना संक्रमण पुष्टि

    काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा १ सय ८० संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट १ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको हो।

    images
    images

    मन्त्रालयका प्रवक्ता प्रा डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको बताए। योसँगै कुल कोरोना संक्रमित संख्या १५ हजार ९ सय ६४ पुगेको छ। उनका अनुसार पछिल्लो २४ घण्टामा २ सय ६४ जना कोरोनामुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुने संख्या ६ हजार ८ सय ११ पुगेको छ। यस्तै २९ हजार २ सय १५ जना क्वारेन्टिनमा र ९ हजार १ सय १८ आइसोलेसनमा रहेका छन्। अहिले रेड जोनमा ५ सय १९ जना रहेका छन्।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २२, २०७७ सोमवार - १६:४८:१६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology