शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा अनुकूल मौसम नभए पछि भटाभट मर्न थाले सलह

नेपालमा अनुकूल मौसम नभए पछि भटाभट मर्न थाले सलह

नागरिक पाटी

२३, आषाढ २०७७
  • 13.3K
    SHARES
  • नेपालमा अनुकूल मौसम नभए पछि भटाभट मर्न थाले सलह

    धादिङ । अघिल्लो सातादेखि लाखौंको संख्यामा नेपाल भित्रिएपछि बाली जोगाउन गार्हो हुने भन्दै चिन्ता बढाउने सलह घट्दै गएको छन् । मौसम अनुकूल नहुँदा केही जिल्लामा सलह मरेको जानकारी प्राप्त भएको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । सलह चिसो ठाउँमा बाँच्न सक्दैन । ‘२२ डिग्रीभन्दा तलको तापक्रममा बाँच्दैन, केन्द्र प्रमुख सहदेवप्रसाद हुमागाईंले भने, ‘बागलुङको उतर क्षेत्रमा सबैभन्दा बढी सलह मरेको पाइएको छ ।’

    images
    images

    कालीकोट, मुस्ताङलगायत जिल्लामा पनि सलह कीरा मरेर झरेको केन्द्रले जनाएको छ । यीबाहेक अन्य जिल्लामा पनि सलह मरेको सूचना प्राप्त भएकाने हुमागाईले बताए । केन्द्रका अनुसार समुद्र सतहबाट १६ सयदेखि १८ सय मिटर उचाइसम्म उड्न सक्ने सलह हावाको चापसँगैं छरिएर हिमाली क्षेत्रसम्म पुगेका थिए ।

    हावाको वहावसँगैं हिमाली जिल्लामा पुगे पनि तापक्रम र वातावरण अनुकूल नहुँदा धेरै मरेको केन्द्रको अनुमान छ । सलह प्राय गर्मी ठाउँमा हुन्छ । घाम लाग्दा यसले कृषि बालीमा बढी क्षति पुर्याउँछ । नेपालमा मनसुन सक्रिय हुँदा प्रायः क्षेत्रमा पानी परिरहेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २३, २०७७ मंगलवार - ०७:४०:३७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology