शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

ओली-प्रचण्डबीचको वार्ता सकियो

ओली-प्रचण्डबीचको वार्ता सकियो

नागरिक पाटी

२३, आषाढ २०७७
  • 6.7K
    SHARES
  • ओली-प्रचण्डबीचको वार्ता सकियो

    काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको वान टु वान वार्ता सकिएको छ
    मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा करिब ३ घण्टा भएको वार्तामा ठोस सहमति भने नभएको नेकपाका नेताहरुले बताएका छन् । दुई अध्यक्षको छलफलपछि बुधाबारलाई तय भएको स्थायी कमिटीको बैठक भने हुने भएको छ ।

    images
    images

    यस अघि दुवै अध्यक्षबीच हिजो सोमबार पनि वान टु वान वार्ता भएको थियो । यहि असार १० गतेदेखि शुरु भएको पार्टीको स्थायी कमिटी बैठकमा धेरै सदस्यले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि पार्टीमा विवाद बढेको छ । गत शनिबार देखि दुई पटक स्थायी कमिटीको बैठक स्थगित गरिएको छ ।

    स्थायी कमिटीमा नेपालको सीमा समस्या र समाधान, सरकारको समग्र समीक्षा, कोरोना रोकथाम र उपचार, पार्टी एकताका बाँकी काम, एमसीसी लगायत कार्यसूची छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २३, २०७७ मंगलवार - १५:१०:३४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology