शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

समाजवादी पार्टी सांसद सरिता गिरीलाई कारबाही गर्न कार्यदलको सिफारिस

समाजवादी पार्टी सांसद सरिता गिरीलाई कारबाही गर्न कार्यदलको सिफारिस

नागरिक पाटी

२३, आषाढ २०७७
  • 6.4K
    SHARES
  • समाजवादी पार्टी सांसद सरिता गिरीलाई कारबाही गर्न कार्यदलको सिफारिस

    काठमाडौं । समाजवादी पार्टीको कार्यदलले सांसद तथा पार्टी नेतृ सरिता गिरीलाई कारबाही गर्न सिफारिस गरेको छ । त्यसअनुसार पार्टीले निर्णय गरेमा गिरीको सांसद पदबाछ बर्खास्त हुने छिन।

    images
    images

    लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् । उनले नेपालको दाबी नपुग्ने भन्ने आशयको संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् ।


    पार्टीले उक्त प्रस्ताव फिर्ता लिन र विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिए पनि उनले मानिनन् र नक्सासम्बन्धी संविधान संशोधनको प्रस्ताव पारित हुने दिन सं‌सदमा अनुपस्थित भइन् ।

    गिरीको गतिविधिबारे छानबिन गर्न समाजवादी पार्टीले महासचिव रामसहायप्रसाद यादवको नेतत्वमा तीन सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलले उनलाई कारबाही गर्न सिफारिस गरेको स्रोतले बताएको छ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २३, २०७७ मंगलवार - १७:०३:३४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology