शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सरकारले सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी गर्दै

सरकारले सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी गर्दै

नागरिक पाटी

२४, आषाढ २०७७
  • 11.2K
    SHARES
  • सरकारले सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी गर्दै

    काठमाण्डौं । सरकारले सार्वजनिक यातायात सञ्चालनको तयारी थालेको छ। मंगलबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी ओलीले सार्वजनिक यातायात सञ्चालनको तयारी गर्न मन्त्रीहरूलाई निर्देशन दिएका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

    images
    images

    स्वास्थ्य सुरक्षाको प्रोटोकल लागू गरेर सार्वजनिक यातायात सञ्चालन गर्न लागिएको हो । एक मन्त्रीका अनुसार सार्वजनिक यातायात सञ्चालनसम्बन्धी विस्तृत कार्ययोजना बनाउन प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन् । कोभिड–१९ क्राइसिस मेनेजमेन्ट सेन्टर (सिसिएमसी)लाई यससम्बन्धी तयारी गर्न जिम्मेवारी दिइएको छ।

    भारतलगायत कतिपय देशले मापदण्ड बनाएर सार्वजनिक यातायात चलाएका छन् । सिट क्षमताभन्दा आधा यात्रु राखेरसमेत कतिपय देशमा सार्वजनिक यातायात सञ्चालन गरिएको छ।

    नेपालमा पनि लकडाउन अझै केही महिना लम्बिने भएकाले सार्वजनिक यातायात पनि सञ्चालन गर्न लागिएको हो । यातायात व्यवसायी र मजदुरले पनि सार्वजनिक यातायात सञ्चालनका लागि दबाब दिँदै आएका छन्।

    ट्याक्सी सञ्चालन गर्न दिने तयारीबारे मन्त्रिपरिषद्मा छलफल भएको छ । एक मन्त्रीका अनुसार स्वास्थ्य मापदण्ड पालना गराएर एक मात्र यात्रु राख्ने गरी ट्याक्सी चलाउन दिने तयारी भइरहेको छ । यससम्बन्धी मापदण्ड बनाउने जिम्मेवारी सिसिएमसीलाई दिइएको छ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २४, २०७७ बुधवार - ०७:०२:२२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology