शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेकपा धादिङलाई नेकपा निकट भातृ सँगठनहरुले बुझाए ज्ञापनपत्र

नेकपा धादिङलाई नेकपा निकट भातृ सँगठनहरुले बुझाए ज्ञापनपत्र

नागरिक पाटी

२४, आषाढ २०७७
  • 5.0K
    SHARES
  • नेकपा धादिङलाई नेकपा निकट भातृ सँगठनहरुले बुझाए ज्ञापनपत्र

    धादिङ । नेकपा निकट भातृ सङ्गठनहरुले मङ्गलबार नेकपा धादिङका अध्यक्षलाई ज्ञापन पत्र बुझाएका छन् । राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु, अखिल नेपाल किसान संघ र प्रेस सङ्गठन धादिङले संयुक्त रुपमा नेकपा धादिङका अध्यक्ष नेत्र पौडेललाई ज्ञापन पत्र बुझाएका हुन् । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्र देखिएको बिबाद आन्तरिक रुपमै समाधान गर्नुपर्ने र पार्टी एकताको सन्देश दिनुपर्ने भन्दै ज्ञापन पत्र बुझाईएको जनाईएको छ ।

    images
    images

    तत्कालीन एकीकृत नेकपा माओवादी र नेकपा एमालेबीच चुनावी समिकरणबाट जनताले २ तिहाइ मत दिइ नेकपा पार्टी एकीकरण भएर सरकार सञ्चालन गरिरहेको यो अवस्थामा आफ्नो मूलभूत दायित्व पुरा गर्न छोडेर सरकार र पार्टी आन्तरिक विवादमा रुमलिन थालेको, सरकारले जनअपेक्षाअनुरुप काम गर्न नसकेको, पार्टी एकताले पूर्णता नपाएको भन्दै भात सङ्गठनहरुले नेकपा नेतृत्वलाई पार्टी बिभाजनको दिशामा नलागी जनचाहना अनुरुप काम गर्न खबरदारी समेत गरिएको छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २४, २०७७ बुधवार - १२:०५:२३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology