काठमाण्डौं । सिन्धुपाल्चोकको भोटेकोशी नदीमा आएको बाढीले बगाउदा चार जनाको मृत्यु भएको पुष्टि भएको छ । १८ जना बेपत्ता भएकोका दुई जनाको शब भेटिएको छ । जम्बु निवासी २० वर्षिय नीकेश बस्नेत र उनकी ३ वर्षिय छोरीको शब स्थानियले फेला पारेका छन् ।
बाह्रबिसे नगरपालिका वडा नं ५ जम्बुमा गएको बाढीका कारण अरनिको राजमार्गमा क्षति पुगेको छ । अहिले भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकाको सम्बन्ध बिच्छेद भएको छ । घाइतेहरुको उद्धारका लागि अहिले हेलिकोप्टर पुगेको छ । बाढीले मध्यभोटेकोशी जलविद्युत आयोजनामा पनि क्षति हुन पुगेको छ ।