शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सार्वजनिक गाडी चल्न दिने सरकारको निर्णय, ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने

सार्वजनिक गाडी चल्न दिने सरकारको निर्णय, ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने

नागरिक पाटी

२५, आषाढ २०७७
  • 6.4K
    SHARES
  • सार्वजनिक गाडी चल्न दिने सरकारको निर्णय, ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने

    काठमाण्डौ । सरकारले एक जिल्लाभित्र सार्वजनिक गाडी चलाउन पाइने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले एक जिल्लाभित्र मात्रै चलाउन पाउने गरी सार्वजनिक गाडी चल्न दिने निर्णय गरेको अर्थ एवं सञ्चार तथा सूचना मन्त्री युवराज खतिवडाले जानकारी दिनुभयो ।

    images
    images

    बाहिरी जिल्लामा एक जिल्लाभित्रै मात्रै गाडी चल्न दिने र काठमाण्डौ उपत्यकाका तीन जिल्लालाई एक जिल्ला मानेर गाडी चलाउने पाइनेछ । दुरी कायम गरेर सिट क्षमताको आधा मात्रै यात्रु बोक्न पाउने भएकाले गाडीले ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने छन् ।

    सबै यात्रुले मास्क प्रयोग गर्नैपर्ने र ढोकामा स्यानिटाइजर राख्ने र चालक तथा सहचालकले मास्क, भाइजर पञ्जा लगाउनै पर्ने सरकारले निर्णय गरेको हो । यस्तै दुई जना मात्रै बोकेर ट्याक्सी पनि चल्न पाउने भएका छन् । 

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २५, २०७७ बिहिवार - १८:३८:०४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology