काठमाडौं । भारतका ग्याङस्टार विकास दुबे मारिएका छन् । प्रहरीले उनलाई लिएर कानपुर जाँदै गर्दा बिहान एसटीएफको गाडी दुर्घटना भएको र दुर्घटनापछि प्रहरीको पेस्तोल खोसेर भाग्न खोजेको भन्दै जवाफी कार्वाहीमा उनको मृत्यु भएको हो ।
उनी आठ जना पुलिसको हत्या गरी फरार रहेका थिए । प्रहरीले दुबेलाई ६ दिनदेखि खोजी गरिरहेको थियो । दुबेलाई प्रहरीले बिहीबार उज्जैनको महाकाल मन्दिरबाट गिरफ्तार गरेको थियो ।