शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थप १०८ जनामा कोरोना सँक्रमण पुष्टि, संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुग्यो

थप १०८ जनामा कोरोना सँक्रमण पुष्टि, संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुग्यो

नागरिक पाटी

२६, आषाढ २०७७
  • 5.6K
    SHARES
  • थप १०८ जनामा कोरोना सँक्रमण पुष्टि, संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुग्यो

    काठमाण्डौँ। नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११८ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको हो । बिहीबार १०८, बुधबार २५५, मंगलबार २०४ र सोमबार १८० जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका २५ पीसीआर प्रयोगशालामा चार हजार आठ सय ६ जनाको नमुना परीक्षण गरिएको छ । स्वास्थ्य मन्त्रालयले संक्रमण घट्दै गएको र जनजीवन सामान्य बन्दै जाँदा भिडभाडले अझ खतरा हुने प्रति सचेत गराएको छ ।

    images
    images

    अहिले क्वारेन्टाइनमा २३ हजार नौ सय १० जना रहेका छन् भने आठ हजार ६ सय तीन जनाको आइसोलेसनमा उपचार भइराखेको छ । पछिल्लो २४ घण्टामा १२० जना कोरोना जितेर डिस्चार्ज भएका छन । कुल डिस्चार्ज हुनेको संख्या भने आठ हजार ११ पुगेको छ । यसैगरी काठमाडौं उपत्यकामा थप ४२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले उपत्यकामा शुक्रबार थप ४२ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४२ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा। गौतमले जानकारी दिए ।

    नेपालमा ६ वटा जिल्ला कोरोनाभाइरस संक्रमितमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यसरी कोरोनामुक्त भएका जिल्लाहरुमा धनकुटा, भोजपुर, सोलुखुम्बु, मनाङ मुस्ताङ र हुम्ला हुन् । त्यस्तै, ५ सयभन्दा सक्रिय संक्रमित रहेको जिल्लामा महोत्तरी, रौतहत, पाल्पा, अछाम, कैलाली र बाजुरा रहेका छन् । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४ जना, प्रदेश २ मा २० जना, बागमती प्रदेशमा ५१ जना, गण्डकी प्रदेशमा १३ जना, प्रदेश ५ मा १२ जना, कर्णाली प्रदेशमा १५ जना र सदूरपश्चिम प्रदेशमा ३ जना रहेका छन् । पछिल्लो ११८ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २६, २०७७ शुक्रवार - १८:१५:२५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology