शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गण्डकी प्रदेशको विभिन्न जिल्लामा पहिरोमा परेर ११ जनाको मृत्यु

गण्डकी प्रदेशको विभिन्न जिल्लामा पहिरोमा परेर ११ जनाको मृत्यु

नागरिक पाटी

२६, आषाढ २०७७
  • 7.9K
    SHARES
  • गण्डकी प्रदेशको विभिन्न जिल्लामा पहिरोमा परेर ११ जनाको मृत्यु

    पोखरा । बिहीबार राति परेको पानीका कारण गण्डकी प्रदेशमा ११ जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता भएका छन् । अविरल रुपमा परेको पानीका कारण पहिरोमा परी कास्कीमा सात, लमजुङमा तीन र म्याग्दीमा एक जना गरी ११ जनाको मृत्यु भएका छन् । पहिरोमा परी १६ जना घाइते भएका छन् ।

    images
    images

    प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीका अनुसार बाढीपहिरोका कारण म्याग्दी जिल्लामा १२ जना बेपत्ता भएका छन् । पोखरा महानगरपालिका–१८ सराङकोटस्थित गोठादीमा घरमाथिबाट आएको पहिरोले घरपुरिँदा घरधनी ५० वर्षीय टङ्कबहादुर थापा, निजकी श्रीमती ४५ वर्षीया सोममाया थापा, तनहुँ दमौलीका आठ वर्षीय शीतल श्रेष्ठ, ११ वर्षीया इशिका थापामगर र ६ वर्षीय सुवान थापाको मृत्यु हुनुका साथै आठ जना घाइते भएका छन् ।

    त्यसैगरी पोखरा महानगरपालिका–२५ हेमजाको मेलबोटमा पहिरोले घर पुरिँदा ७० वर्षीय हिमकली अधिकारी र पोखरा–२६ पैतेडाँडामा घर पुर्दा ३५ वर्षीय दुर्गाबहादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    अविरल वर्षाका कारण म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका–६ स्थित रापुखोलामा आएको बाढीले बगाएर ठाँडाखानीका ५० वर्षीय नलिमान छन्त्यालको मृत्यु भएको छ भने धवलागिरी गाउँपालिका–६ का चार घर पुरिँदा १० जना तथा मालिका गाउँपालिका–७ निमदुलेका ४० वर्षीया विष्णु पौडेल र चार वर्षीया छोरी ईशा पौडेल बेपत्ता भएका छन् ।

    प्रहरी नायब निरीक्षक रेग्मीका अनुसार लमजुङ जिल्लाको बेँसीशहर नगरापलिका–७ सातबिसेस्थित पहिरोले घर पुरिँदा घरधनी ३२ वर्षीय दीपक तामाङ, निजकी श्रीमती २६ वर्षीय बिमाया तामाङ र ९ वर्षीय छोरा छैवाङ तामाङको मृत्यु भएको हो । सोही पहिरोका घाइते तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

    पहिरोमा परी विभिन्न जिल्लामा बङ्गुर, बाख्रा, भैँसी, गोरुलगायतका २३८ भन्दा बढी चौपाया मरेको प्रहरीले जनाएको छ । वर्षाका कारण अधिकांश सडक अवरुद्ध हुनुका साथै किसानले खेतमा लगाइएको धानबालीमा समेत ठूलो क्षति पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २६, २०७७ शुक्रवार - १९:०५:४८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology