शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

२४ घण्टामा थप ८२ जनामा कोरोनाको संक्रमण पुष्टि

२४ घण्टामा थप ८२ जनामा कोरोनाको संक्रमण पुष्टि

नागरिक पाटी

२८, आषाढ २०७७
  • 5.0K
    SHARES
  • २४ घण्टामा थप ८२ जनामा कोरोनाको संक्रमण पुष्टि

    धादिङ । पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार ८२ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको कुल सङ्ख्या १६ हजार आठ सय एक पुगेको छ ।

    images
    images

    पछिल्ला केही दिनमा नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । १९ गते सात सय २० जनामा कोरोना देखिएको थियो । २० गते दुई सय ३२ जनामा, २१ गते दुई सय ९३ जनामा, २२ गते एक सय ८० जनामा, २३ गते दुई सय चार जनामा, २४ गते दुई सय ५५ जनामा, २५ गते एक सय आठ जना, २६ गते एक सय १८ जना, २७ गते ७० जना र आइतबार ८२ जनामा कोरोना पुष्टि भएको छ ।

    मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अहिले आठ हजार एक सय ७४ जना कोरोना सङ्क्रमित विभिन्न अस्पतालका आइसोलेशनमा उपचाररत रहेका छन् । आइतबार एक सय ४७ गरी आजसम्म आठ हजार पाँच सय ८९ जना निको भएर घर फर्किएका छन् । कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउनेको सङ्ख्या अहिलेसम्म ३८ छ ।

    आइतबार पीसीआर विधिबाट तीन हजार नौ सय १६ जनाको कोरोना परीक्षण भएको छ । आजसम्म दुई लाख ८३ हजार पाँच सय १५ जनाको पीसीआर परीक्षण भएको छ । अहिले देशभरिका क्वरेण्टीनमा २३ हजार सात सय ८४ जना रहेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २८, २०७७ आइतवार - १७:४०:१२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology