शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने

देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने

नागरिक पाटी

३०, आषाढ २०७७
  • 9.0K
    SHARES
  • देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने

    काठमाण्डौ । आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका धेरैजसो ठाउँमा अहिले सामान्य वर्षा भैरहेको छ ।

    images
    images

    वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा अहिले हल्कादेखि मध्यम वर्षा भईरहेको हो । मनसूनी न्युनचापीय रेखा नेपालको तराई भूभागबाट केही दक्षिणतिर सरेको छ ।

    आज दिउँसो केही ठाउँमा मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा भने भारी वर्षाको हुने सम्भावना रहेको छ । प्रदेश ५ का रुपन्देही र कपिलवस्तुमा भारी वर्षा हुने भएकाले साना खोलाहरुमा आकश्मिक बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

    साना खोला खहरेमा आकश्मिक बाढी आउन सक्ने भएकाले महाशाखाले सतर्क रहन समेत आग्रह गरेको छ । प्रदेश १, २, वाग्मती, गण्डकी र प्रदेश ५ को मध्यपहाडी, चुरे र तराईबाट बहने ससाना खोलामा बहाव उच्च हुने सम्भावना छ ।

    आज राति पनि देशभर सामान्य बदली रही केही ठाउँमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ ३०, २०७७ मंगलवार - ०७:५८:३१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology