शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

परराष्ट्र मन्त्रालयको स्पष्टिकरण, "प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक होइन"

परराष्ट्र मन्त्रालयको स्पष्टिकरण, "प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक होइन"

नागरिक पाटी

३०, आषाढ २०७७
  • 5.9K
    SHARES
  • परराष्ट्र मन्त्रालयको स्पष्टिकरण, "प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक होइन"

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम र अयोध्याका विषयमा हिजो दिएको अभिव्यक्तिको चौतर्फ आलोचना भइरहेका बेला परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति स्पष्टिकरण दिएको छ ।

    images
    images

    मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग नजोडिएको स्पष्ट पारेको छ । विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग जोडिएको छैन र कसैको भावनामा चोट पुर्‍याउने आशयको पनि होइन ।’

    प्रधानमन्त्री ओलीले आइतबार भगवान राम भारतीय नभएको र असली अयोध्या वीरगञ्ज नजिकै ठोरीमा पर्ने दाबी गरेका थिए । उनले भारतले नेपालमाथि साँस्कृतिक हस्तक्षेप गरेको बताएका थिए ।

    अहिले प्रधानमन्त्रीको अभिव्यक्ति अप्रमाणित भएको भन्दै विभिन्न व्यक्ति र क्षेत्रबाट आलोचना भइरहेको छ । प्रधानमन्त्रीको अभिव्यक्ति सत्तारुढ नेकपाकै शीर्ष नेताहरुले गलत भएको भन्दै आत्मालोचना गर्न आग्रह गरेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ ३०, २०७७ मंगलवार - १९:१०:३५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology