काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ सय १३ जनाले कोरोनाभाइरसलाई जितेर घर फर्किएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहिबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप २ सय १३ जनाले कोरोनालाई जितेर घर फर्किएको जानकारी दिए । यससँगै नेपालमा कोरोना जितेर घर फर्कनेको संख्या ११ हजार २ सय ४९ पुगेको पुगेको छ ।
त्यस्तै आज थप १ सय ६७ जनामा कोरोनाभाइरस संक्रमण भएको छ । यससँगै नेपालमा कोरोना सक्रमितको संख्या १७ हजार ३ सय ४४ पुगेको छ । हाल कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३९ रहेको छ ।