शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कांग्रेस नेता कोइराला भन्छन्, "ओलीको गैरजिम्मेवार अभिव्यक्तिले कुटनीतिक सम्बन्ध बिग्रँदै छ"

कांग्रेस नेता कोइराला भन्छन्, "ओलीको गैरजिम्मेवार अभिव्यक्तिले कुटनीतिक सम्बन्ध बिग्रँदै छ"

नागरिक पाटी

१, श्रावण २०७७
  • 6.7K
    SHARES
  • कांग्रेस नेता कोइराला भन्छन्, "ओलीको गैरजिम्मेवार अभिव्यक्तिले कुटनीतिक सम्बन्ध बिग्रँदै छ"

    काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलीको गैरजिम्मेवार अभिव्यक्तिहरुले कुटनीतिक सम्बन्ध बिग्रॅदै गएको बताएका छन्। नेपाल ईम्ब्रोडेरी तथा हेण्डीक्राफ्ट सिलाई बुनाई श्रमिक संघ बिराटनगरको अधिवेशनको कार्यक्रममा कांग्रेस नेता कोइरालाले भने– ‘बोल्दा–बोल्दा केही दिन पहिले अयोध्या नेपालमा पर्छ भनेर बोलिदिनु भयो तर यो कुराको आधार र प्रमाण दिन सक्नुभएन।’

    images
    images

    उनले प्रधानमन्त्री आज भोलि के के बोल्नु हुन्छ थाहा हुन छाडेको भन्दै जिम्मेवार व्यक्तिले बोल्दा बिचार गर्नुपर्ने, आधारहीन र तथ्यहिन कुरा गर्न नहुॅने बताए। ‘प्रधानमन्त्रीले जति सक्यो कम बोल्ने हो जे मन लाग्छ बोल्दै हिड्ने होइन’ कोइरालाले भने। ओलीको पछिल्लो अभिव्यक्तिले भारत र नेपाली जनताबीचको आपसी सम्बन्ध बिगार्ने काम गरेको समेत बताए।

    मोरङ कांग्रेस सभापती डिग बहादुर लिम्बु र प्रदेश सभा सदस्य केदार कार्कीले सरकार काममा भन्दा भ्रष्टाचारमा लागेको बताए। कार्यक्रममा तत्कालीन एमालेको जिफन्टमा आबद्ध १ सय ५० जना कांग्रेसमा प्रवेश गरेका थिए।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १, २०७७ बिहिवार - १९:४१:४७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology