काठमाडौँ । साझा पार्टीका संयोजक रविन्द्र मिश्रले महत्वपूर्ण नेता डा सूर्यराज आचार्य तथा मुमाराम खनाल पार्टीबाट अलग्गिनुलाई खेदजनक भनेका छन् । पार्टीका साथीहरुलाई प्रेषित संदेश भन्दै संयोजक मिश्रले यो हप्ता पार्टीमा विकसित घटनाक्रमबाट हामीजस्तै तपाईं पनि चिन्तित हुनुहुन्छ भन्नेमा म सचेत छु भन्दै पार्टीका सबै नेताहरु यो स्थिति नआओस् भन्नका लागि आफ्नो बुद्धि र विवेकले भ्याएसम्म प्रयास गरेका बताएका छन् ।
पार्टीको केन्द्रीय समितिले एक मतले पारित गरेको निर्णयमा सबै अघि बढ्नु पर्नेमा आफुहरुले त्यसै गरेको टतर पार्टीका दुईजना महत्वपूर्ण नेता डा सूर्यराज आचार्य तथा मुमाराम खनाल अलग्गिएको बताएका छन् ।
उनले दुवै नेता यसरी अलग्गिनु पार्टीका लागि अत्यन्तै खेदजनक स्थिति भएको बताएका छन् । संयोजक मिश्रले भनेका छन्, "तर जे भए पनि हामीले हाम्रो यात्रा कायम राख्नुपर्ने हुन्छ। अझ दृढताका साथ अघि बढ्नुपर्ने हुन्छ । यात्राको नियम नै यही हो । राजनीतिमा दशकौँदेखिको बेथिति र दिशाहीनताको विशाल र जब्बर चट्टान फोड्न सहज छैन । त्यसका लागि आदर्शमात्र भएर पुग्दैन राजनीतिक सुझबुझ र व्यावहारिकता दुबैको खाँचो हुन्छ। त्यो खाँचो पुरा गर्न हामी प्रतिवद्ध छौँ ।"
उनले साझा पार्टीले विगतका अनुभवहरूलाई ध्यानमा राख्दै समान सोच भएका पार्टी, समूह र व्यक्तिहरूसँग एकीकरणरध्रुवीकरण गर्ने, त्यसै क्रममा पार्टीमा भएका कमी कमजोरीलाई सम्वोधन गर्न पार्टी पुनर्गठन गर्ने र पार्टी सुदृढीकरण गर्दै राष्ट्रिय राजनीतिमा हस्तक्षेप गर्न सक्ने तेस्रो ध्रुबको निर्माण गर्ने लक्ष्य लिएको बताएका छन् ।
एकीकरणरध्रुवीकरण र पुनर्गठनबाट आर्जन हुने सम्भावित शक्तिको पहिलो परिक्षा आउँदो स्थानीय निर्वाचनमा हुनेछ जसमा काठमाडौँ महानगरपालिका लगायत देशका विभिन्न स्थानका स्थानीय सरकारको नेतृत्व जित्ने हाम्रो प्रमुख उद्देश्य भएको समेत मिश्रले बताएका छन् ।
उनले भनेका छन्, "एकीकरण र ध्रुवीकरणको बाटोमा नगइ त्यो विजय असम्भव प्रायस् हुनेछ । स्थानीय चुनावको नतिजाको प्रत्यक्ष असर त्यसपछि आउने संघीय चुनावमा पर्नेछ ।"
संयोजक मिश्रले विगत ३ वर्षका आरोह अवरोहले धेरै सिकाएको बताउदै यथार्थको धरातलमा नराम्रोसँग बजारेको पनि बताएका छन् । उनले भनेका छन्, "यो क्रममा हामीले केही हासिल गऱ्यौँ, केही गुमायौँ। नदीमा घोटिँदै गएपछिमात्र ढुङ्गा चिल्लो हुँदै जाने हो। हामी गत ३ वर्षमा राम्रैसँग घोटियौँ तर त्यो अनुभवका आधारमा अब हामी परिष्कृत हुने बेला आएको छ। यसकालागी मन, वचन र कर्मले अघि बढौँ ।"