पाल्पा । सिद्धार्थ राजमार्गको तानसेन-बुटवल सडकखण्डको तानसेन नगरपालिका–८ गौडेपुल नजिकै निरन्तर पहिरो खस्दा शनिबार बिहानैदेखि सडक अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन गिरीले शुक्रबार राती १०ः३० बजे गौडे पुलमा पहिरो खसेको बताए । उनले सो स्थानमा रहेका सवारीसाधजन बचाइ ब्याक गर्ने क्रममा नाला मा फसेको लु १ क ११७५ नम्बरको ट्रक पूनः पहिरो आइ पुरिएको अवस्थामा रहेको बताए ।
माथिल्लो भागबाट निरन्तर ढुंगासहितको पहिरो खसेकाले डोजर लगाउन सडक सुचार गर्न केही समय लाग्ने बताए । बिहिबार र शुक्रबार पनि पहिरो सफा गरेको र यो पहिरो खस्ने क्रम नरोकिएकोले जोखिम भने कायमै रहेको उनले बताए । राजमार्गको डुम्रे गौडेपुल नजिकैको भीरबाट पाँच दिनअघि पनि पहिरो खसेर एक दिन पूरै अवरुद्ध भएको थियो ।