शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थप ५७ जनामा कोरोना संक्रमण, १०३ जना डिस्चार्ज

थप ५७ जनामा कोरोना संक्रमण, १०३ जना डिस्चार्ज

नागरिक पाटी

३, श्रावण २०७७
  • 5.1K
    SHARES
  • थप ५७ जनामा कोरोना संक्रमण, १०३ जना डिस्चार्ज

    काठमाण्डौँ । नेपालमा पछिल्लो २४ घण्टायता थप ५७ जना कोरोना संक्रमित भेटिएका छन्। देशभरका २७ वटा प्रयोगशालामा गरिएका ३३३१ वटा पीसीआर विधिबाट गरिएका नमुना परीक्षणमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    images
    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार गरेको निमयिमत मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले यससँगै हालसम्म संक्रमित हुनेको संख्या १७५०२ पुगेको जानकारी दिए।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०३ जना कोरोना संक्रमणमुक्त भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ११६३७ पुगेको छ।

    हाल आइसोलेनसमा बस्ने सक्रिय संक्रमित ५८२५ जना र २३२७५ जना क्वारेन्टिनमा छन्। मन्त्रालयका अनुसार हालसम्म सरकारले ३११८२९ जनाको पीसीआर परिक्षण गरेको छ। नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३, २०७७ शनिवार - १६:५९:२० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology