काठमाण्डौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सोमबारदेखि सार्वजनिक यातायात चलाउने निर्णय नभएको बताएको छ। व्यवसायीहरु छलफलमा रहेकाले अहिले नै निणर्य भइनसकेको महासंघले बताएको हो। महासंघले भोलिदेखि सार्वजनिक यातायातका साधन चलाउने निर्णय गरेको भनेर आएका समाचार सत्य नभएको दाबी गरेको छ।
महासंघका महासचिव सरोज सिटौलाले सार्वजनिक यातायात सञ्चालन गर्नेबारे महासंघले तीन वटा यातायात मजदुर संगठनसँग छलफल भइरहेको बताए। यद्यपी, सार्वजनिक यातायात सञ्चालनबारे महासंघले चाँडै निर्णय गर्ने महासंघले बताएको छ।