काठमाण्डौँ । आइतबार नेपालमा थप १ सय ५६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। योसंगै देशभर हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुगेको छ ।
विगत २४ घण्टामा विभिन्न अस्पतालबाट ५८ जना कोरोनामुक्त भएका छन्। यो संगै हालसम्म ११ हजार ६ सय ९५ जना कोरोनाबाट निको भएका छन्