मौवा खोला । अविरल वर्षाले पृथ्वी राजमार्गको धादिङ र चितवन जोड्ने मोवाखोलामाथिको पुलमा क्षति पुर्याएको छ। पुलको धादिङतर्फको भागमा बाढीले कटान गरेर क्षति पुगेको हो। धादिङ बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १० मा रहेको उक्त पुलमा क्षति पुगेपछि अहिले पृथ्वीराजमार्गको उक्त सडकखण्ड अवरूद्ध छ।
यस्तै मुग्लिन–नारायणगढ सडक खण्डको कालीखोला लगायतमा गएको पहिरो हटाउने काम भइरहेको छ।