धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकामा पहिरो जाँदा ४ वटा गाडी पुरिएको छ भने ३ वटा गाडीलाई त्रिशूली नदीले बगाएको छ । प्रहरीले बेनीघाट रोराङ १० स्थित हुग्दी खोला र बाँदरेभिरको बीचको क्षेत्रमा आएको पहिरोले ४ वटा गाडी पुरेको हो भने पहिरोमा परेका ३ वटा गाडी त्रिशूली बगाएको जनाएको हो ।
पहिरोले एउटा कार, २ डिआई गाडीसहित ४ वटा गाडी पुरेको छ भने २ वटा डिआई गाडी र एउटा मिनी ट्रक त्रिशुली नदीले बगाएको छ । घटनामा कुनै पनि मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।