काठमाडौं । पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४ हजार २१६ नमुना परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया विफ्रिङमा बताईएको छ ।
यससँगै कुल संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ । उनीहरूमध्ये ४० जनाको मृत्यु भएको छ भने ११ हजार ८६८ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १७३ जना आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका छन् ।