शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मौवा खोला पुल छेउमा भत्किएको सडक ग्याबिन जाली भरेर मर्मत गरिने

मौवा खोला पुल छेउमा भत्किएको सडक ग्याबिन जाली भरेर मर्मत गरिने

नागरिक पाटी

६, श्रावण २०७७
  • 8.9K
    SHARES
  • मौवा खोला पुल छेउमा भत्किएको सडक ग्याबिन जाली भरेर मर्मत गरिने

    धादिङ। धादिङ र चितवनको सिमानामा रहेको मौवाखोला पुलको सँगै भत्किएको सडक ग्याबिन जाली भरेर मर्मत गरिने भएको छ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्ण अधिकारीले बाढीले भत्काएको भागमा नेपाली सेनाको सहयोगमा ग्याबिन जाली भरेर सडक सञ्चालन गरिने बताए ।

    images
    images

    मौवाखोलाको पुल र सडक जोड्ने १२ मिटर भाग सोमबारको बाढीले बगाइदिएको छ । डिभिजन प्रमुख अधिकारीले बेलिब्रिज बनाउने वा ग्याबिन भर्ने भन्नेबारे विभागमा छलफल भए पनि तत्कालका लागि छिटो सवारी सञ्चालन गर्न ग्याबिन जाली प्रभावकारी हुने बताएका छन् ।

    उनले यसका लागि नुवाकोटबाट जाली मगाइएको छ । सडक सञ्चालन गर्न पानी रोकिएर लगातार काम गर्न पाए दुई दिनमा सडक मर्मत गरिसक्ने अधिकारीको भनाइ छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ६, २०७७ मंगलवार - १०:४३:४२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology