शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नौबिसे-पालुङ सडक खण्डमा पहिरो, सयौं सवारीसाधन सडकमै रोकिए

नौबिसे-पालुङ सडक खण्डमा पहिरो, सयौं सवारीसाधन सडकमै रोकिए

नागरिक पाटी

९, श्रावण २०७७
  • 10.0K
    SHARES
  • नौबिसे-पालुङ सडक खण्डमा पहिरो, सयौं सवारीसाधन सडकमै रोकिए

    धादिङ । त्रिभुवन राजपथ अन्तर्गत नौबिसे पालुङ सडक खण्ड अवरुद्ध भएको छ । सो सडक खण्डको सात घुम्तीमा माथिबाट पहिरो खस्दा शुक्रबार विहानदेखि राजपथ अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानी खोलाका प्रहरी निरीक्षक रुकबहादुर खड्काले जानकारी दिएका छन् ।

    images
    images

    सडक अवरुद्ध भएपछि सयौँ सवारी साधनबीचमै रोकिएका छन् । पृथ्वी राजमार्गको नौबिसे–मुग्लिनखण्ड र काठमाडौँ–हेटौँडा जोड्ने छोटो दूरीको भीमफेदी–फाखेलखण्डको सडक अवरुद्ध भएपछि सवारी साधन त्रिभुवन राजपथ भएर सञ्चालनमा रहेका थिए ।

    अहिले सातघुम्तीको पहिरो हटाउने काम भइरहेको र दिउँसोसम्ममा सडक पुनः सञ्चालन हुन सक्ने प्रहरीले जनाएको छ ।

    तस्बिर सौजन्य : गणेश विष्ट

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ९, २०७७ शुक्रवार - ११:१२:२० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology