शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आजदेखि मनसुन फेरि सक्रिय, सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाको अनुरोध

आजदेखि मनसुन फेरि सक्रिय, सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाको अनुरोध

नागरिक पाटी

१२, श्रावण २०७७
  • 5.5K
    SHARES
  • आजदेखि मनसुन फेरि सक्रिय, सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाको  अनुरोध

    धादिङ । आजदेखि फेरि मौसम सक्रिय हुने मौसमविद्ले बताएका छन् । आज बेलुकादेखि ४ दिनसम्म देशका विभिन्न ठाउँमा ठूलो पानी पर्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images
    images

    मुख्यगरी प्रदेश ५, कर्णाली, सुदूरपश्चिम तथा वाग्मती प्रदेशका केही ठाउँ, प्रदेश १ र २ का थोरै ठाउँमा ठूलो पानी पर्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । भोलिदेखि १५ गतेसम्म गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर ५ का मध्य पहाडी भूभाग भई बग्ने नदीमा जलसतह बढ्ने सम्भावना छ । ती क्षेत्रका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन भनिएको छ ।

    प्रदेश १, वाग्मती प्रदेशका मध्य पहाडी भूभाग भई बग्ने भोटेकोशी, वाग्मती, नदीमा समेत बहाव सामान्य बढ्ने तथा ती प्रदेशका मध्य पहाडी भूभाग भई बग्ने अधिकांश साना नदीनाला तथा खहरे खोलामा आकस्मिक बहावसमेत आउन सक्ने पूर्वानुमान गरिएको छ ।

    त्यस्तै प्रदेश १, २, ५ र सुदूरपश्चिम प्रदेशको चुरे भई बग्ने केही मझौला तथा साना खोला नालामा समेत बहाव बढ्ने र कुनै ठाउँमा आकस्मिक बहाव आउने, तराई र चुरे क्षेत्रका होचा क्षेत्र डुबानमा पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । साथै मौसमको अवस्थाबारे जानकारी लिनु परेमा ४११३१९१ र बाढीका लागि ११५५ नम्बरमा सम्र्पक गर्न भनिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १२, २०७७ सोमवार - ०७:४३:५० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology