शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

टुटलले ट्याक्सी सेवा सुरु गर्दै

टुटलले ट्याक्सी सेवा सुरु गर्दै

नागरिक पाटी

१२, श्रावण २०७७
  • 8.7K
    SHARES
  • टुटलले ट्याक्सी सेवा सुरु गर्दै

    काठमाण्डौँ । अर्को हप्तादेखि टुटलले ट्याक्सी सेवा सुरु गर्ने भएको छ। राजधानीमा राइड सेयर सेवा दिइरहेको टुटलले उपत्यकामै ट्याक्सी सेवा सुरु गर्न लागेको हो। आफ्ना क्लाइन्टहरुको अत्याधिक अनुरोध आएकोले ट्याक्सी सुरु गर्न लागिएको टुटलका म्यानेजर आयुस कार्कीले जानकारी दिए।

    images
    images

    सुरुमा ५ सय वटा ट्याक्सीबाट सेवा सुरु गर्ने उनको भनाई छ । टुटलले नेपाल सरकारले तोकेकै मूल्यमा सेवा दिने पनि उनको भनाई छ । टुटलको पुरानै एपमार्फत ट्याक्सी सेवा लिन सकिने छ। एपमा ‘ट्याक्सी अप्सन’मा गएर ट्याक्सी बोलाउन सकिने उनले जानकारी दिए।
    हालसम्म टुटल प्रयोगकर्ता करिव ८ लाख छन् भने ४५ हजार भन्दा धेरै राइडर टुटलमा आवद्ध छन्।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १२, २०७७ सोमवार - १३:०२:१५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology