शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सूर्तीजन्य पदार्थको सेवनबाट नेपालमा वर्षेनी २७ हजार मानिसको मृत्यु

सूर्तीजन्य पदार्थको सेवनबाट नेपालमा वर्षेनी २७ हजार मानिसको मृत्यु

नागरिक पाटी

१२, श्रावण २०७७
  • 7.8K
    SHARES
  • सूर्तीजन्य पदार्थको सेवनबाट नेपालमा वर्षेनी २७ हजार मानिसको मृत्यु

    काठमाडौं । नेपालमा सूर्तिजन्य पदार्थको सेवनबाट वर्षेनी २७ हजार बढि मानिसहरुको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ ।

    images
    images

    प्राथमिक स्वास्थ्य सेवा केन्द्र र स्वास्थ्य अधिकार तथा सूर्तीजन्य नियन्त्रक नेटवर्कको संयुक्त आयोजनामा सोमबार काठमाडौंमा ‘सूर्तीजन्य उद्योग हस्तक्षेप सूचांक’ सार्वजनिक गर्दै उक्त तथ्याकंको जानकारी गराइएको हो ।

    तथ्यांकले दश वर्षभन्दा माथि उमेर समूहका ३३ प्रतिशतले सूर्तिजन्य पदार्थ सेवन गर्ने गरेको देखाएको छ । यसमध्ये २७ प्रतिशत पुरुष र ६ प्रतिशत महिला रहेका छन् । समग्रमा ग्रामिण भेगमा ३९ दशमलव २ र शहरी क्षेत्रमा २९ दशमलव ३ प्रतिशतले सेवन गर्ने गरेको देखाएको छ । यद्धपी ५ वर्षयता सूर्तीजन्य पदार्थको सेवनमा ६ प्रतिशतले कमी आएको पनि जनाइएको छ । सूर्तीजन्य पदार्थका बट्टा, प्याकेट र पेटीमा ९० प्रतिशत चेतावनीमूलक सन्देश र चित्र छाप्नुपर्ने प्रावधान रहेको छ ।


    कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा.उषा झाले सूर्तीजन्य पदार्थको सेवन न्यूनीकरणका लागि नीतिगत रुपमा सहयोग गर्न आफू प्रतिबद्ध रहेको भन्दै व्यवसायीका प्रतिनिधी र सरकारबीच छलफलका माध्यमबाट निकास निकाल्नुपर्नेमा जोड दिनुभयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १२, २०७७ सोमवार - १४:४७:४६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology