काठमाण्डौ । नेपालमा अहिलेसम्म समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएको प्रमाणित नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले भाइरसको फैलावटको वर्गीकरणअनुसार विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई ठाउँ विशेषमा कोरोना केस भएको सूचीमा राखेको बताउनुभयो ।
यसबारेमा पालिकाहरुले थप खोज अनुसन्धानको काम गरिरहेको पनि उहाँले बताउनुभयो । तर प्रवक्ता गौतमले नेपालमा कोरोनाको जोखिम भने कायमै रहेको बताउनुभएको छ ।