शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बागमती प्रदेशसभामा काठमाडौं तराई मधेस दु्रतमार्गको प्रस्थान विन्दुको चर्चा

बागमती प्रदेशसभामा काठमाडौं तराई मधेस दु्रतमार्गको प्रस्थान विन्दुको चर्चा

नागरिक पाटी

१३, श्रावण २०७७
  • 6.7K
    SHARES
  • बागमती प्रदेशसभामा काठमाडौं तराई मधेस दु्रतमार्गको प्रस्थान विन्दुको चर्चा

    धादिङ । काठमाडौं तराई मधेस दु्रतमार्गको प्रस्थान विन्दु अर्थात् जिरो किलोमिटरको विषयमा खोकनाबासीले निरन्तर विरोध जनाउँदै आएका छन् । विरोधकै कारण अहिलेसम्म फास्टट्रयाकको काम खोकना खण्डमा हुन सकिरहेको छैन ।

    images
    images

    पछिल्लो समय फास्ट ट्रयाकका लागि अधिग्रहण गरिएका आफ्ना भूमिमा खेती गर्न पाउनुपर्ने माग राख्दै विरोध प्रदर्शन गरिरहेको छ । फास्टट्रयाकको प्रस्तावित बसपार्क खुडोल क्षेत्रमा खोकनाबासीले आ–आफ्नो खेतमा धान रोप्दै विरोध प्रदर्शन गरे । असार २० गतेको विरोध प्रदर्शनमा प्रहरीले बल प्रयोगसमेत ग¥यो ।

    यही विषयमा बागमती प्रदेशसभामा समेत सांसदले आवाज उठाएका छन् । आफ्नो खेत रोप्न गएका खोकनाका किसानलाई प्रहरीले दमन गरेको भन्दै यस्तो कार्य रोक्नुपर्ने सभामा आवाज उठेको हो ।

    सांसद्हरुले विकासका नाममा जनतालाई सुकुम्बासी बनाउन नपाइने भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराए । प्रदेशसभा बैठकको विशेष समयमा बोल्ने सांसद्हरुले बुङ्मति र खोकनाजस्ता ऐतिहासिक भूमि मास्न नहुने, विकासको नाममा निकै कम मुआब्जा दिएर जनतालाई सुकुम्बासी बनाउन नहुनेमा जोड दिए ।

    सांसद राजकाजी महर्जनले खोकनाबासीका मागबारे बेलैमा प्रदेशको ध्यानाकर्षण हुनु जरुरी रहेको औंल्याउनुभयो । विकास निर्माणका कारण खोकनाको १० हजार रोपनी उर्वर जमिन बिग्रिँदै गरेको भन्दै उहाँले त्यसतर्फ प्रदेश सरकारको ध्यानाकर्षण हुन जरुरी रहेको बताउनुभएको हो ।

    सांसद विजया केसीले उर्वरभूमि र मौलिकता सखाप पारेर हुने विकासले हित नगर्ने बताउनुभयो । ‘बुङ्मति र खोकनाको आफ्नै इतिहास छ । विकासको नाममा निकै कम मुआब्जा दिएर जनतालाई सुकुम्बासी बनाउन पाइँदैन । त्यसकारण हाल त्यहाँ जारी आन्दोलनका पीडितको माग पूरा गर्नुको विकल्प छैन’ –उहाँले भन्नुभयो । नेपाल समाचारपत्रमा खबर छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १३, २०७७ मंगलवार - ०७:२५:०८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology