शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पछिल्लो २४ घण्टामा थप ३११ जनालाई कोरोना संक्रमण, १२१ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ३११ जनालाई कोरोना संक्रमण, १२१ जना संक्रमणमुक्त

नागरिक पाटी

१३, श्रावण २०७७
  • 5.1K
    SHARES
  • पछिल्लो २४ घण्टामा थप ३११ जनालाई कोरोना संक्रमण, १२१ जना संक्रमणमुक्त

    धादिङ । नेपालमा मंगलबार थप ३११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

    images
    images

     


    कहाँ कति थपिए !

    डा.गौतमका अनुसार कोशी अस्पताल विराटनगरमा झापाका २ जना, मोरङका १६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका एकजना, ओखलढुंगाका एकजना र मोरङका एकजनामा कोरोना पुष्टि भएको छ ।

    यसैगरी गजेन्द्र नारायणसिंह अस्पतालमा गरिएको परीक्षणमा सप्तरीक १५ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ८ जना र महोत्तरीका ८ जना ,नारायणी अस्पतालमा गरिएको परीक्षणमा बाराका एकजना, इलामका एकजना र पर्साका १३ जना संक्रमित भएका छन् ।

    यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा भक्तपुरका एकजना, कपिलवस्तुका ३४ जना, काठमाडौंका ११ जना, नुवाकोटका एकजना र सिन्धुपाल्चोकका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा दाङका एकजना, गोरखाका एकजना, काठमाडौंका ९ जना, ललितपुरका एकजना र रामेछापका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासी पूर्वका एकजना, पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा धनुषाका एकजना, पर्साका एकजना, ललितपुरका एकजना र सर्लाहीका एकजनामा कोरोना पुष्टि भएको छ ।

    त्यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा नवलपरासीका एकजना, र काठमाडौंका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै नेपाल प्रहरी अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा काठमाडौंका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा काठमाडौंका ६ जना र ललितपुरका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीका २ जना, लमजुङका २ जना, स्याङ्जाका १८ जना संक्रमित भेटिएका छन् ।

    यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा बाराका ४ जना, रौतहटका एकजना र मकवानपुरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा दाङका ५ जना र बाँकेका ३ जनामा कोरोना पुष्टि भएको छ ।

    लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा नलवपरासी पूर्वका ५ जना, रुपन्देहीका २ जना, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सुर्खेतका ३ जनामा संक्रमण पुष्टि भएको छ ।

    यस्तै दैलेख प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका एकजना,डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बझाङका ३ जना र डोटीका ३५ जनामा कोरोना पुष्टि भएको छ ।

    सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा अछामका १६ जना, दार्चुलाका एकजना डोटीका २३ जना, कैलालीका १८ जना र कंचनपुरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    २४ घण्टामा थप १२१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १३ हजार८७५ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

    कुल संक्रमित मध्ये ७२.८ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १३, २०७७ मंगलवार - १७:२६:२१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology