शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा पाटे बाघको संख्या दोब्बर हुुँदै

नेपालमा पाटे बाघको संख्या दोब्बर हुुँदै

नागरिक पाटी

१४, श्रावण २०७७
  • 7.8K
    SHARES
  • नेपालमा पाटे बाघको संख्या दोब्बर हुुँदै

    काठमाडौं । सन् २०२२ सम्म पाटे बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य नजिक नेपाल पुगेको छ । पछिल्लो गणना सन् २०१८ अनुसार नेपालमा पाटे बाघको सङ्ख्या २३५ वटा थियो । यो सङ्ख्या मात्र वयस्क बाघको हो ।

    images
    images

    नेपालको प्रतिबद्धता अनुसार सन् २०२२ भित्र नेपालले २५० बाघको सङ्ख्या पु¥याउनुपर्नेछ । हालको सङ्ख्यामा १५ वटा मात्र बाघ थपिए पनि प्रतिबद्धता पूरा गर्ने देश सहजै बन्नेछ ।

    गणनाका लागि क्यामरा ट्र्यापिङ गर्दा प्रशस्त बाघका डमरु देखेका छौँ तर सबैको गणना भएको छैन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले भने । त्यस अवधिमा देखिएका र सन् २०२१ भित्र थपिने सङ्ख्याले नेपालले लक्ष्य सहजै भेट्ने विश्वास उनले व्यक्त गरे । यसअघि सन् २०१० मा नेपालसँग १२१ वटा बाघ थिए । सन् २०१३ को गणनामा १९८ वटा बाघ पुगेको थियो ।

    बाघ संरक्षण कार्ययोजना बनाएर नेपालले बाघ संरक्षण गरिरहेको छ । बाघको बासस्थान, पानीको स्रोत र प्रजातिको संरक्षणलाई मुख्य प्राथमिकता दिइएको छ । बाघको सङ्ख्या बढेपछि देखिएको मानव बाघ द्वन्द्वको नयाँ चुनौती सामना र अनुकूलन गर्न योजनाअनुसार काम भइरहेको छ । यसमा बाघको आक्रमणमा परेकालाई राहत तथा समुदायलाई बाघमैत्री बनाउन सरकार अग्रसर छ ।

    सन् २०१० मा रुसमा बाघ पाइने देशको सम्मेलन भएको थियो । नेपालसहित १३ देशले सन् २०२२ सम्म पाटे बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएको थियो । यो खबर आजको गोरखापत्र दैनिकमा समाचार छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १४, २०७७ बुधवार - ०८:१५:१८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology