शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा सञ्चालित सार्वजनिक यातायात काठमाण्डौको सिमानामा रोकिँदा यात्रुलाई सास्ती

धादिङमा सञ्चालित सार्वजनिक यातायात काठमाण्डौको सिमानामा रोकिँदा यात्रुलाई सास्ती

नागरिक पाटी

१४, श्रावण २०७७
  • 13.9K
    SHARES
  • धादिङमा सञ्चालित सार्वजनिक यातायात काठमाण्डौको सिमानामा रोकिँदा यात्रुलाई सास्ती

    सन्तोष सुवेदी
    धादिङ । नेपालमा कोरोना भाईरस (कोभिड–१९) का संक्रमित फेला पर्न थालेसँगै लकडाउन गरिएकोमा चार महिनापछि केहि खुकुलो भएको छ। चैत्र ११ गतेदेखि लकडाउन भएकोमा अहिलेसम्म आउँदा सामान्य जस्तै बन्दै गएको अबस्था छ । अहिले सावधानीका साथ उद्योग, कलकारखाना, सार्वजनिक तथा निजि सवारी साधन, किराना तथा अत्याबश्यक सेवाका सबै खुल्ला भएका छन् ।

    images
    images

    लकडाउन थपिँदै जाँदा दैनिक जिवनमा असहजता आएको र नेपालमा संक्रमणकोदरमा पनि कमी आएको भन्दै सिसिएमसिको बैठकले खुकुलो बनाएको हो । अब लामो दुरीका यातायात, बिनापास काठमाण्डौ उपत्या प्रबेश,होटल, रेष्टुरेन्ट, सिनेमा हल लगायतका प्रावधानहरु मात्र सञ्चालन हुन बाँकी रहेका छन् । अहिले निजि तथा सार्वजनिक सवारीहरु जिल्लाभित्र मात्र सञ्चालनमा रहेका छन् । यो ब्यबस्था निकै सास्तीपूर्ण देखिएको छ । धादिङ जिल्लाको सदरमुकामदेखि सञ्चालन हुने ग्रामिण यातायात होस् तथा सिम्ले, महादेवबेशिबाट काठमाण्डौ चल्ने लोकल सवारी, यात्रु लिएर खत्रीपौवामा ओराल्न बाध्य छन् ।

    काठमाण्डौ जाने अनुमति नहुँदा दैनिक हजारौँ यात्रुहरु खत्रीपौवापछि नागढुङ्गासम्म पैदल हिड्न बाध्य हुन्छन् । हिँडेर जान नागढुङ्गामा कुनै रोक तोक छैन । तर गाडी जाने अनुमति पनि छैन । यो बिडम्बना हो । सवारी जान नदिने तर त्यहि सवारीमा आएका सबै यात्रुहरुलाई काठमाण्डौ उपत्यका प्रवेश गराउने यो कस्तो नियम हो रु कथमकदाचित कोरोना काठमाण्डौ उपत्यकामा भित्रिए पनि यात्रुबाट नै भित्रिने हो । सवारीको टायरमा हैन । सरकारले लादेको यो नियम प्रभावकारी नभएको अधिकांश यात्रुहरुको गुनासो छ ।

    ग्रामिण यातायातमा यात्रारत धादिङवेशी निलकण्ठकी सम्झना शाक्य भन्छिन्, मेरो साथमा हजुर आमा र बुवा हुनुहुन्छ, उहाँहरु धेरै हिड्न सक्नुहुन्न,अब खत्रीपौवाबाट नागढुङ्गासम्म कसरी हिडेर लैजाने हो थाहाँ छैन,उनी थप्छिन–् ‘निजि गाडी महङ्गो पर्छ, अस्पताल लैजानुपर्ने तनाव छ ।’ उनी जस्ता हजारौँ नागरिक यस्तै पिडामा यात्रा गर्न बाध्य छन्, जेनतेन नागढुङ्गा नाकासम्म हिँडेर जानुपर्ने बाध्यता र त्यहाँबाट पनि गाडी नपाउने अर्को समस्याले गर्दा सास्ती माथी सास्ती थपिएको यात्रुको गुनासो छ ।

    आँखै अगाडी साना सवारी पासले पनि नाका कटिरहेको दृश्य देख्दा सार्वजनिक सवारी साधनलाई हेपेको अनुभुति हुन्छ । निजि गाडी र बाईकहरु हुईँकेर नाका कटाईरहेको अबस्थामा बृद्ध, बालबालिका, बिरामी लगायतका नागरिक चढेको गाडीमा बिच बाटो मै ओरालेर हिड्न बाध्य पार्ने सरकारको यो नियम सरासर गलत छ । निजि तथा पहुँचवालाहरुको सवारी सानो पास देखाएर बिना अबरोध नाका कटिरहने अबस्थामा सार्वजनिक सवारीका यात्रुलाई बिच बाटोमै ओरालेर हिँडाउने परिस्थितीलाई नागढुङ्गा नाकामा पासको राजनिती भन्दा सायद फरक नपर्ला ।

    सरकारले लकडाउन खुल्यो भनेपछि विभिन्न व्यवसाय, पेशा गर्ने मान्छेहरु अहिले दिनहुँ काठमाडौ प्रवेश गरिरहेका छन् । कतिपय आफ्नो कम्पनी नविकरण गर्न गईरहेका छन् भने कतिपय कर तिर्न , अफिसियल काम गर्न जानै पर्ने बाध्यता छ । सरकारले जिल्लाभित्र यातायात सेवा सुचारु गरेका कारण धादिङबेसीबाट धादिङ काठमाडौको सिमाना खत्रीपौवासम्म बस संचालन भैरहेको छ । खत्रीपौवाबाट उकालो चढेर सर्वसाधारण नागढुङ्गा जाने बाध्यता छ भने साझा बस चढेर गन्तव्यमा लाग्नुपर्ने अर्को झम्मार छ । पहुँच हुने, आफ्नै निजि सवारी हुनेहरू दैनिक काठमाडौ प्रवेश गरिरहेको गुनासो छ आम नागरिकको । सरकारले लकडाउन खुल्यो पनि भन्ने अनि नागरिकलाई पासकै कारण अप्ठ्यारोमा पार्ने काम गरिरहेको उनीहरुको गुनासो छ ।

    जिल्ला प्रहरी कार्यालय धादिङमा टेलिफोन सम्पर्क गर्दा धादिङका सबै यातायात काठमाण्डौ उपत्यका भित्रै जान्छन् भन्ने जवाफ पछि हामीले थप जानकारी लिन ईलाका प्रहरी कार्यालय खानीखोलामा सम्पर्क गरि सत्यतथ्य जानकारी लिएका छौँ । धादिङबाट चल्ने सार्वजनिक यातायात धादिङ र काठमाण्डौको सिमाना खत्रीपौवासम्म मात्र जाने गरेको ईलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख रुक बहादुर खड्काले बताए । त्यहाँबाट नागढुङ्गा सम्म सिधा उकालोबाटो हिड्नुको बिकल्प नभएको समेत उनले बताए ।

    सरकारले कोरोना भाइरसको रोकथाम नियन्त्रणका लागि बाहिरी जिल्लाहरुबाट आएका यात्रुबाहक सवारीका साधनहरुलाई राजधानी प्रवेशमा रोक लगाएको छ । यसरी रोक लगाउँदा यात्रुहरुले कष्टप्रद यात्रा मात्र नभई महँङ्गो भाडा तिर्नु पर्ने बाध्यता पनि छ । राजधानी प्रवेशका लागि दुई ओटा सवारी साधन परिवर्तन गर्न यात्रुहरु बाध्य छन् । कतिपयलाई त प्रहरीले हिँडेर समेत नागढुङ्गा कट्न दिँदैन, अनि मानिसहरु जंगलको गोरेटो बाटो हुदै राजधानी प्रवेश गर्न बाध्य हुन्छन् । राजधानी प्रवेशका लागि तराई लगायत धादिङ, रसुवा, नुवाकोट, चितवनका जिल्लाहरुबाट नाकामा पुगेका यात्रुहरुलाई अहिले धादिङ र काठमाण्डौको सिमाना खत्रीपौवामा लगेर छाडिने गरिएको छ । सवारी भाडा पनि मनलाग्दी तरिकाले असुल्ने गरेको कतिपय यात्रुहरुको गुनासो छ । सवारी संञ्चालकहरुले भने सरकारको निर्देशन अनुसार लाग्दो भाडामा पचास प्रतिशत बढाएर लिएको दावी गर्छन ।

    यस्तो छ सवारी सञ्चालनका नियम
    मापदण्ड अनुसार यात्रुबाहक सार्वजनिक यातायातमा चालकसहित सिट क्षमताको बढीमा ५० प्रतिशत यात्रु रहने नियम छ । एक पङ्क्तिको सिटमा सामाजिक दूरी कायम हुने गरी १ जना मात्रै राख्ने, सबै यात्रुले अनिवार्य रूपमा मास्कको प्रयोग गर्ने, सवारी साधनमा यात्रु चढ्ने समयमा सवारी साधनको ढोकामा र सवारी साधनभित्र स्यानिटाइजरको व्यवस्था गर्ने, चालक तथा सहचालकले समेत अनिवार्य रूपमा मास्क, भाइजर र पञ्जा लगाउने र सवारी साधनलाई दैनिक निसङ्क्रमित गर्ने उल्लेख छन् । भाडा दरको पचास प्रतिशतसम्म थप भाडा लिन पाउने व्यवस्था गरिएको छ । यस्तै, उद्योग, प्रतिष्ठान र निजी सेवाप्रदायक कार्यालयका श्रमिक तथा कर्मचारी ओसारपसार गर्न प्रयोग गरिने सवारी साधन पनि सोही मापदण्डका आधारमा सञ्चालन हुन पाउँछन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १४, २०७७ बुधवार - १४:३३:३१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology