काठमाडौं । बिहीबार काठमाडौं उपत्यकामा ४५ सहित कुल २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसको जानकारी दिएका हुन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १९ हजार ५ सय ४७ जना पुगेको छ।
यसरी भेटिएकामध्ये राष्ट्रिय जनस्वास्थ प्रयोगशाला टेकुमा काठमाडौंका १९ जना र भक्तपुरका दुई जना संक्रमित भेटिएका हुन् । यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १३ जनामा संक्रमण पुष्टि भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा काठमाडौंको चार जना र स्टार अस्पतालमा काठमाडौंका दुई र ललितपुरका दुई जनामा र नेपाल प्रहरी अस्पताल प्रयोगशालामा तीन जना संक्रमण भेटिएको र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।
नेपालमा पछिल्लो २४ घण्टामा २ सय २७ जना उपचारपछि डिस्चार्ज भएका छन्। यसरी डिस्चार्ज हुनेको कुल संख्या १४ हजार २ सय ४८ पुगेको छ । सक्रिए संक्रमितको संख्या ५ हजार २ सय २७ रहेको छ । यस्तै आजसम्म कुल १३ हजार सय २ सय १ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा अहिलेसम्म संक्रमणबाट ५२ जनाको मृत्यु भएको छ।