शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा पहिलो पटक १० हजार सात सय भन्दा बढिको पिसिआर परीक्षण

नेपालमा पहिलो पटक १० हजार सात सय भन्दा बढिको पिसिआर परीक्षण

नागरिक पाटी

१६, श्रावण २०७७
  • 6.5K
    SHARES
  • नेपालमा पहिलो पटक १० हजार सात सय भन्दा बढिको पिसिआर परीक्षण

    काठमाडौं । नेपालमा पहिलो पटक एकै दिन सबैभन्दा धेरैको कोरोना परीक्षण भएको छ। सरकारले पछिल्लो २४ घण्टामा पहिलो पटक १० हजारभन्दा धेरैको पिसिआर परिक्षण गरेको हो। २४ घण्टा यता १० हजार सात सय ६८ जनाको पिसिआर परीक्षण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्‍वर गौतमले नियमित प्रेस ब्रिफिङ जानकारी दिए।
    पिसिआर परीक्षण गर्न थालेयता पछिल्लो २४ घण्टाको संख्या सबैभन्दा धेरै हो। सरकारले लकडाउन हटाएसँगै जोखिम बढेको बताइरहँदा पिसिआर परीक्षणको दायरा पनि बढाइएको जनाएको छ। यसअघि सरकारले सबैभन्दा धेरै सात हजार जनाको पिसिआर परीक्षण गरेको थियो। स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बिहीबारदेखि परीक्षणको दायरा बढेर १० हजार पुग्‍ने बताएका थिए।
    मन्त्रालयले आज सबैभन्दा धेरैको परीक्षण गरेको हो। सरकारले देशभर २८ वटा पिसिआर प्रयोगशाला स्थापना गरेको छ। केहीमा किट तथा रिएजेन्ट सकिएकाले हाल दैनिक २० वटा प्रयोगशालामा पिसिआर परीक्षण गराउँदै आइरहेको छ। पछिल्लो परीक्षण तिनै २० वटा प्रयोगशालामा गरिएको हो।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १६, २०७७ शुक्रवार - १९:३६:०२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology