गुल्मी । गुल्मीमा शुक्रबार राति पहिरोले पुरिएर एकैघरका चार जनाको मृत्यु भएको छ । रुरुक्षेत्र गाउँपालिका ५ अन्तर्गत टाहाटिम नजिकै आँटीपाटामा गएको पहिरोमा पुरिएर राजु बोटेमाझीकी श्रीमती वर्ष ३० की बीना, उनका छोराहरु वर्ष १० का हेमन्त, वर्ष ७ का सागर र दश महिनाकी छोरी विनिताको मृत्यु भएको हो ।
अविरल वर्षाका कारण राति घर माथिबाट ठूलो चट्टानसहितको पहिरो खसेर घर पुरेको बताइएको छ । उक्त घरका राजु भने वैदेशिक रोजगारीमा रहेको बताइएको छ ।