शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

राष्ट्रिय सभाका विषयगत समितिमा सदस्य मनोनयन

राष्ट्रिय सभाका विषयगत समितिमा सदस्य मनोनयन

नागरिक पाटी

१७, श्रावण २०७७
  • 7.7K
    SHARES
  • राष्ट्रिय सभाका विषयगत समितिमा सदस्य मनोनयन

    काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने संसदीय दलबाट प्राप्त नामावलीअनुरुप विषयगत समितिमा रहने सदस्य मनोनयन गरेका छन्। कार्यव्यवस्था परामर्श समितिको सल्लाहमा अधिवेशन नरहेको अवस्थामा अध्यक्षबाट आदेश जारी भई समितिमा रहने सदस्यको मनोनयन भएको हो।

    images
    images

    राष्ट्रियसभाबाट जारी सूचनापत्रअनुसार, दीगो विकास तथा सुशासन समितिमा कविता बोगटी, गङ्गाकुमारी बेलवासे, चक्रप्रसाद स्नेही, जगप्रसाद शर्मा, तारादेवी भट्ट, दीनानाथ शर्मा र नन्द्रा चपाईलाई मनोनय गरिएको छ। त्यस्तै महेशकुमार महरा, मायाप्रसाद शर्मा, रमेशजंग रायमाझी, विमला घिमिरे, शारदादेवी भट्ट र सिगबहादुर विश्वकर्मालाई पनि सदस्य मनोनयन गरिएको छ।

    प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा अगमप्रसाद वान्तवा राई, गोपाल भट्टराई, चन्द्रबहादुर खड्का, तुलसाकुमारी दाहाल, नरपति लुवार, नैनकला ओझा र राधेश्याम अधिकारी छन्। उक्त समितिमा रामनारायण बिंडारी, बीना पोखरेल, शान्तिकुमारी अधिकारी जिसी, शेरबहादुर कुँवर, सुमित्रा बिसी र हरिराम चौधरीलाई मनोनयन गरिएको छ।

    राष्ट्रिय सरोकार तथा समन्वय सिमितिमा अनिता देवकोटा, इन्दिरादेवी गौतम, इन्दु कँडरिया, उदया शर्मा, कोमल वली, खिमलाल भट्टराई, गोपीबहादुर सार्की र दीपा गुरुङको मनोनय भएको छ। सांसद दिलकुमारी रावल, नारायणकाजी श्रेष्ठ, रामचन्द्र राई, रामलखन चमार, शेखरकुमार सिंह र सुमनराज प्याकुरेल पनि सोही समितिमा चयन भएका छन्।

    विधायन व्यवस्थापन समितिमा खीमकुमार विक, जीतेन्द्रनारायण देव, जीवन बुढा, ठगेन्द्रप्रकाश पुरी, तारामान स्वाँर, देवेन्द्र दाहाल, पर्शुराम मेघी गुरुङ र प्रकाश पन्थ रहेका छन्। अध्यक्ष तिमिल्सिनाले उक्त समितिमा रहने गरी प्रमिला कुमारी, बेदुराम भुसाल, भगवती न्यौपाने, भैरवसुन्दर श्रेष्ठ, मृगेन्द्रकुमारसिंह यादव, राधेश्याम पासवान र डा विमला राई पौडेललाई मनोनयन गरेका छन्। रासस

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १७, २०७७ शनिवार - १७:०१:१२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology