शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

निषेधित क्षेत्र तोड्न खोजेपछि ‘इनफ इज इनफ’का युवा प्रहरी नियन्त्रणमा

निषेधित क्षेत्र तोड्न खोजेपछि ‘इनफ इज इनफ’का युवा प्रहरी नियन्त्रणमा

नागरिक पाटी

१७, श्रावण २०७७
  • 5.8K
    SHARES
  • निषेधित क्षेत्र तोड्न खोजेपछि ‘इनफ इज इनफ’का युवा प्रहरी नियन्त्रणमा

    काठमाडौं । ‘इनफ इज इनफ’ अभियानमा रहेका केही युवाहरुलाई प्रहरीले शनिबार पनि नियन्त्रणमा लिएको छ । सरकारको विरोध गर्न बालुवाटार जानेक्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

    images
    images

    यसअघि, शुक्रबार पनि निषेधित क्षेत्र तोड्दै सरकारको विरोधमा प्रदर्शन गर्न पुगेका युवाहरुलाई टंगालस्थित भाटभटेनी मन्दिरबाट नियन्त्रणमा लिएको थियो । प्रहरीले बालुवाटार आसपास क्षेत्रमा धर्ना, जुलुस गर्न निषेध गरेको छ ।

    केही महिनादेखि स्वतःस्फूर्त अभियानमा जोडिएका उनीहरुले ‘पीसीआर’ परीक्षणको दायरा बढाउनुपर्ने, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने, ललिता निवास जग्गा प्रक्ररणमा जोडिएकालाई कारबाही गर्नुपर्ने लगायतका माग राख्दै अनशन सहित सडक प्रदर्शन गर्दै आएका छन् । गएको असारमा सरकार र युवाहरुबीच १२ बुँदे सहमति भएपनि माग सम्बोधन नभएको भन्दै प्रदर्शनलाई निरन्तरता दिएका हुन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १७, २०७७ शनिवार - १७:१०:२६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology