काठमाडौं। प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । सभामुख सापकोटाको सुरक्षामा खटिएका एक जनामा कोरोनाभाइरसको संक्रमण देखिएपछि शनिवार सभामुख सापकोटा र उनका सचिवालयका सबै कर्मचारीको स्वाब संकलन गरिएको थियो ।स्वाब परिक्षण गर्दा सभामुख सापकोटासिहत सबै कर्मचारीको कोरोना रिपोर्ट नेगेटिभ आएको सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए ।