काठमाण्डौं । पार्टीको विवाद समाधानका लागि भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालसहित चार नेताको छलफल आज पनि बालुवाटारमा चलिरहेको छ ।
पार्टीमा देखिएको विवादका सम्बन्धमा निकास दिने सम्बन्धमा दुई ओली र प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङबीच बालुवाटारमा छलफल चलिरहेको हो । बालुवाटार स्रोतका अनुसार आज बिहान ९ बजेपछि छलफल सुरु भएको हो ।
अध्यक्षद्वय सहित यिनै चार नेताको छलफल आइतबार पनि झन्डै तीन घण्टा चलेको थियो । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीसँग छलफल पश्चात् अर्का अध्यक्ष प्रचण्डले आइतबार बेलुकी निजी निवास खुमलटारमा आफ्ना पक्षधर नेताहरुसँग ब्रिफिङ गरेका थिए । उक्त छलफलमा वरिष्ठ नेता खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए ।
फाइल तस्बिर