शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

नागरिक पाटी

१९, श्रावण २०७७
  • 6.2K
    SHARES
  • छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

    धादिङ । काठमाडौं, पर्सा र भोजपुरका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा पारी ३ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-७ कालोपुलस्थित बा ६७ प ४८१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आज सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा चालक काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने दोलखा घर भएका ३० वर्षीय तसी शेर्पाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

    images
    images

    पर्साको धोबिनी गाउँपालिका-५ जगरनाथपुर टोलस्थित सडकमा बा १२ प ७३७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएर आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक जगरनाथपुर गाउँपालिका-३ बिजवनिया बस्ने ३० वर्षीय कालु तिवारीको मृत्यु भएको छ । दुर्घटनामा घम्भीर घाइते भएका उनको उपचारको लागी पोखरिया अस्पताल हुँदै थप उपचारको लागि नेशनल मेडिकल कलेजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

    भोजपुरको आमचौक गाउँपालिका ३ हाँगातुङस्थित सडकमा प्रदेश नम्बर १-०२-००३ त ५८८ नम्बरको ट्याक्टर अनियन्त्रित भई करिब ३ सय मिटर तल खसेर आइतबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार चालक दिसङला बस्ने २८ वर्षीय दिपक कुँवरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय स्वास्थ्य चौकी बलंखामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १९, २०७७ सोमवार - १३:२३:३४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology