शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

दुई साता लकडाउन गर्न विज्ञको सुझाव

दुई साता लकडाउन गर्न विज्ञको सुझाव

नागरिक पाटी

२०, श्रावण २०७७
  • 8.8K
    SHARES
  • दुई साता लकडाउन गर्न विज्ञको सुझाव

    काठमाडौं । कोरोना संक्रमण दर बढ्दै गएको भन्दै फेरि लकडाउन गर्न विज्ञहरुले सुझाव दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विज्ञहरुले कम्तीमा २ साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सुझाव दिएका हुन् ।

    images
    images

    विज्ञहरुले २ साता लकडाउन गर्न दिएको सुझावलाई प्रधानमन्त्रीले सकारात्मक रुपमा लिएको र यसबारे थप छलफल गरेर टुंगोमा पुग्ने जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको भनाइ छ ।

    बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवाले पनि सरकारले सुझाव लिनेमात्रै नभइ काम पनि गर्नुपर्ने धारणा राखेका थिए । ओलीले प्रतिपक्षी दलसहित विज्ञहरुसँग सुझाव लिन बैठक बोलाएका हुन् । प्रतिपक्षी दलका तर्फबाट देउवा र ठाकुर सुझाव दिएर बाहिरिएको भएपनि विज्ञहरुसँगको छलफल अझै जारी छ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २०, २०७७ मंगलवार - १४:५०:०८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology