शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आज केही स्थानमा ठूलो पानी पर्ने सम्भावना

आज केही स्थानमा ठूलो पानी पर्ने सम्भावना

नागरिक पाटी

२१, श्रावण २०७७
  • 8.3K
    SHARES
  • आज केही स्थानमा ठूलो पानी पर्ने सम्भावना

    काठमाण्डौ । आज देशका थोरै ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई ठाउँमा ठूलो पानी पर्ने र अरु ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images
    images

    महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले पानी परेसँगै बाढी आउने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, ढलको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले सतर्कता अपनाउन अनुरोध गर्नुभयो । उहाँका अनुसार राति र बिहानीपख देशका विभिन्न ठाउँमा ठूलो पानी पारेको प्रणाली अहिले कमजोर हुँदै गएकाले अब धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना कम छ । तर स्थानीय वायु पनि मिसिंदा कतै कतै भने एकैछिन ठूलो पानी पर्ने सम्भावना छ । नजिकै पानी परे पनि नजिकै अर्को ठाउँमा भने पानी नपर्न पनि सक्छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २१, २०७७ बुधवार - ०७:५२:४० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology