शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोना संक्रमणबाट पर्सामा थप एक जनाको मृत्यु

कोरोना संक्रमणबाट पर्सामा थप एक जनाको मृत्यु

नागरिक पाटी

२१, श्रावण २०७७
  • 5.0K
    SHARES
  • कोरोना संक्रमणबाट पर्सामा थप एक जनाको मृत्यु

    बीरगञ्ज । पर्सामा कोरोना संक्रमणबाट बुधबार थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज–१५ भिस्वा बस्ने ४६ बर्षका पुरुष मृत्यु भएको हो । पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

    images
    images

    मधुमेह रोगबाट पहिलेदेखि नै ग्रसित ४६ वर्षका पुरुषको वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिएका हुन ।

    २० साउनमा स्वास्थ्यमा समस्या आएपछि उनी अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । पर्सामै साउन १९ गते मृत्यु भएको युवतीमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पर्साको पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवतीको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २१, २०७७ बुधवार - १४:३६:४२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology