शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आजदेखि सवारीसाधनमा जोर-बिजोर लागू

आजदेखि सवारीसाधनमा जोर-बिजोर लागू

नागरिक पाटी

२२, श्रावण २०७७
  • 7.5K
    SHARES
  • आजदेखि सवारीसाधनमा जोर-बिजोर लागू

    काठमाण्डौं । सरकारले आज बिहीवार देखि लागू हुने गरी निजी र सार्वजनिक सवारीसाधन जोबिजोर प्रणालीमा चलाउने निर्णय गरेको छ। सरकारले लकडाउन अन्त्य गरेपनि कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थालेपछि गृह मन्त्रालयले यो कदम चालेको हो। यससँगै अब जोर गतेका दिन जोर र बिजोर गतेका दिन बिजोर नम्बरका गाडी चल्नेछन्।

    images
    images

    यो निर्णय काठमाडौं उपत्यका र कोरोना संक्रमितको संख्या २ सय पुगेका जिल्लामा लागू हुनेछ। गृह मन्त्रालयका अनुसार अत्यावश्यक सेवाका सवारीसाधनमा भने जोर(बिजोर लागू हुने छैन।

    जोर बिजोर लागू हुनेमध्ये सहरी क्षेत्रमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन समेत बन्द रहने सूचनामा उल्लेख छ। सरकारले काठमाडौं प्रवेश नाकामा यसअघि नै कडाइ गरिसकेको छ। साँझ ७ देखि बिहान ७ बजेसम्म यात्रुलाई समेत काठमाडौं प्रवेश निषेध गरिएकोमा यो निर्णय कडाइका साथ लागू गर्न जिल्ला प्रशासन कार्यालयसँगै सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।

    त्यसैगरी, अन्तर्राष्ट्रिय सीमा नाकामा थप कडाइ गर्न भनिएको छ, भने होटल, रेष्टुराँमा भोज, पार्टी, सेमिनार नगर्न निर्देशन दिइएको छ। मास्क नलगाइ बाहिर ननिस्कन आग्रह गरेको गृहले अटेरी गरे दण्ड जरिवाना गर्न निर्देशन दिएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २२, २०७७ बिहिवार - ०७:२४:०७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology