काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोभिड १९ संक्रमण पुष्टि भएको छ। प्रचण्डको निजी निवासमा बाहिरी घेरामा खटिएका नेपाल प्रहरीका ६ जनामा संक्रमण देखिएका हो।
प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले सबैभन्दा बाहिरी घेराका सुरक्षाकर्मीका संक्रमण देखिएको बताएका छन् । उनले सुरक्षाकर्मीबाहेक सचिवालय र परिवारका सबैजनाको कोभिड संक्रमण रिपोर्ट नेगेटिभ आएको बताए।