धादिङ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ५ पोखरीचौरमा ४ दिने होमस्टे सम्बन्धी तालिम सम्पन्न भएको छ । संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अन्तर्गत तारा गाउँ विकास समितिको आयोजनामा गत साउन २१ गतेबाट सुरु भएको तालिम शनिवार सकिएको गैह्र सहकारी सँस्था महासँघका केन्द्रिय सदस्य तथा सिड्स नेपालका कार्यकारी निर्देशक एवम् सामाजिक अभियन्ता गोकर्ण रुपाखेतीले जानकारी दिनुभयो । उहाँले ग्रामिण पर्यटन प्रर्वद्धन गरी समुदायका नागरिकहरुको आर्थिक स्तर सुधारको लागि तालिमको आयोजना गरीएको नागरिकपाटीलाई जानकारी दिनुभयो ।
तालिममा तारा गाउँ विकास समितिका वरिष्ठ अधिकृत घनश्याम ढकाल र तालिम संयोजक शम्भु कार्की लगायत मोहन गजुरेल र प्रेम घिसिङले सहजीकरण गर्नुभएको थियो । तालिममा ३४ जनाको सहभागिता रहेको थियो । तालिम पछि सहभागिहरुलाई प्रमाण पत्र प्रदान गरिएको छ ।

भेलाले आईत कुमार तामाङको अध्यक्षतामा पोखरीचौर सामुदायिक होमस्टे प्रर्वद्धन गर्नको लागि ७ सदस्यीय तदर्थ समिति समेत गठन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा सुरज तामाङ, कोषाध्यक्षमा शर्मिला तामाङ र सदस्य सचिवमा सुवास तामाङ रहनुभएको छ । यसैगरी सदस्यहरुमा सानुमायाँ तामाङ, फुलमायाँ तामाङ र हरिचन्द्र तामाङ रहनुभएको छ । भेलाले ३ सदस्यीय सल्लाहाकार समिति समेत चयन गरेको छ । सल्लाहाकार समितिमा सिड्स धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेती, ग्रामिण पर्यटन प्रर्वद्धन अभियन्ता रामेश्वर कार्की र कार्यापालिका सदस्य रजनी लामा रहनुभएको छ ।

थाक्रे गाउँपालिका कार्यपालिका सदस्य रजनी लामाको अध्यक्षतामा सम्पन्न भएको तालिममा पर्यटन विज्ञ आलोक प्रसाईको प्रमुख आतिथ्य रहेको थियो ।समापन समारोहमा सिड्स नेपालका कार्यकारी निर्देशक गोकर्ण रुपाखेती, जिल्ला समन्वय समितिका सदस्य उर्मीला रेग्मी, ग्रामिण पर्यटन प्रर्वद्धन अभियन्ता रामेश्वर कार्की, गैसस महासंघका कार्यसमिति सदस्य गंगा सुवेदी लगायतको आतिथ्यता र सहभागिता रहेको थियो ।
तस्बिर सौजन्य : रामेश्वर कार्की